एजेन्सी । च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ । न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो ।
न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले अर्धशतक पूरा गरे। मिचेलले सर्वाधिक ६३ रन जोडे । उनले १ सय १ बलको सामनामा ३ चौका प्रहार गरे ।
ब्रेसवेलले ४० बलमा ३ चौका र २ छक्काको सहयोगमा नट आउट ५३ रन जोडे । रचिन रविन्द्रले २९ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३७ रन बनाए । ग्लेन फिलिप्स ५२ बलमा ३४ र विल योगं १५ रनमा आउट भए ।
भारतका लागि बरुण चक्रवर्ती र कुलदिप यादवले समान २ , रविन्द्र जडेजा र मोहम्मद सामीले समान १ विकेट लिए ।




















प्रतिक्रिया