Logo

टिप्पणी

एकै व्यक्ति दर्जन बढी एनजीओमा !



काठमाडौं । नेपालीहरु कुन हदसम्म गैरसरकारी संस्थाका भरिया भएका छन् भन्ने एउटा गतिलो र ज्वलन्त उदाहरण फेला परेको छ ।

उच्च तहमा बसेर जागिर खाएकाहरु नै यसरी एनजीओका भरिया हुने तथ्य पनि फेला परेको छ । त्यसको ज्वलन्त उदाहरण बनेका छन्, संयुक्त राष्ट्रसंघको उपमहासचिव बनिसकेका कुलचन्द्र गौतम । जसलाई आजीवन राष्ट्रसंघको जागिर खाएर मात्रै नपुगेर अवकाश भईसकेपछि दर्जन भन्दा बढी गैरसरकारी संस्थामा बसेर तर मार्ने गरेका रहेछन ।

गुल्मीमा जन्मिएर युएनको जागिरसम्म पुगेका गौतम लामो समय युएनको उच्च तहमा बस्दा उनले बार्षिक लाखौं डलरको त तलब भत्ता मात्रै बुझ्ने गर्दथे । ‘तर, त्यो पैसाले नपुगेर होला सायद उनी अवकाश भएपछि अहिलेसम्म १५ वटा गैरसरकारी संस्थामा आवद्ध भईसकेका रहेछन् ।

आफैँ युएनमा रहँदाको सम्पर्क सञ्जाल प्रयोग गरेर उनी आफैँ र आफ्ना मान्छेहरु मार्फत खोलिएका उनी सम्वद्ध एनजीओको संख्या १५ रहेको तथ्य फेला परेको हो । कुलचन्द्र गौतम आवद्ध रहेका गैरसरकारी संस्थाहरु मध्ये चार वटामा उनी अध्यक्ष नै बसेका रहेछन् ।

ती संस्थाहरुमा रिजल्ट इक्क एण्ड रिजल्ट एजुकेसन फण्ड, एरिगातो इन्टरनेशनल काउन्सिल अफ प्रेअर एण्ड एक्सन फर चिल्ड्रेन, अक्सफाम जिबी काउन्सिल र ग्लोबल पार्टनरशीप फर एजुकेसन रहेका छन् ।

त्यस्तै उनी तीन वटा गैरसरकारी संस्थामा उपाध्यक्ष बनेका रहेछन् । ती संस्थाहरुमा इन्डिपेन्डेन्ट अकाउन्ट्याविलिटी प्यानल फर एभी वमन, चाइल्ड एण्ड एडोलसेन्ट, गुडवेभ इन्टरनेशनल र आरोग्य हेल्थ फाउण्डेसन नेपाल रहेका छन् ।

त्यसैगरी चार वटा गैरसरकारी संस्थामा उनी सल्लाहकार बसेका रहेछन् । ती संस्थाहरुमा नन रेसिडेन्ट नेपाली एशोसियसन, नेपाल पब्लिक हेल्थ फाउण्डेसन, रातो बंगला एडुकेसनल फाउण्डेसन र रिटायर्ड युएन स्टाफ एशोसियन रहेका खबर नेपालीपत्रमा उल्लेख छ ।

गुल्मी अमरपुरको हिमा गौतम मेमोरियल ट्रष्टमा संरक्षक बसेका रहेछन भने रोटरी क्लव अफ काठमाडौं मिड टाउनको पास्ट प्रेसिडेन्ट रहेछन् । त्यसैगरी रिलिजन फर पिस नामक संस्थामा उनी दृष्टी रहेछन् भने स्टेरिङ कमिटी अफ द फण्ड ट् एण्ड भायलेन्स अगेन्स्ट चिल्ड्रेनमा सदस्य रहेछन् ।

यसरी एकै जना ब्यक्ति यति धेरै संस्थाहरु, त्यसमाथि शिक्षादेखि महिलासम्म, बालबालिकादेखि युवासम्म, स्वास्थ्यदेखि धर्मसम्म तथा शान्तिदेखि सुशासनसम्मको जिम्मेवारी धान्ने धङधङ्गी उनमा रहेछ । यसले उनलाई जसरी एउटा नेपाली नागरिक युएनको उपमहासचिवको पदसम्म पुगेको भनेर सम्मानका साथ हेरिन्थ्यो त्यो सवै समाप्त भएको छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलवार ०७:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।