Logo

जनप्रतिनिधि

सरकारलाई बालेनको चेतावनी : तिमीहरूलाई टुकुचामा गाडिदिन्छु



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सबैलाई टुकुचामा गाडिदिने भन्दै सरकारलाई चेतावनी दिएका छन् । सोमबार राति फेसबुकमा एउटा स्ट्याटस पोस्ट गर्दै शाहले आक्रोश व्यक्त गरेका हुन् ।

सरकारको दम्भले गर्दा काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएको उनको भनाई छ । उनले लखेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो !’’

यसअघि पनि शाहले सिंहदरबारलाई आगो लगाइदिने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार २३:०७   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।