Logo

समाचार

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो ३० दिने सूचना



काठमाडौं । नेपालभित्र सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले एक महिनाभित्र सरकारी निकायमा दर्ता गर्नुपर्ने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न जारी गरिएको ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८०’ को व्यवस्थाअनुसार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

निर्देशिकाको दफा ३ अनुसार नेपालमा सामाजिक सञ्जाल सञ्चालन गरिरहेका वा सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरणका लागि निवेदन दिनुपर्नेछ । निवेदन निर्देशिकाको अनुसूची–१ बमोजिमको ढाँचामा तोकिएका आवश्यक कागजातसहित पेश गर्नुपर्नेछ ।

त्यसैगरी, नेपालभित्र सम्पर्क विन्दु तोक्नुपर्ने, आवासीय गुनासो सुन्ने अधिकारी राख्नुपर्ने तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्नुपर्ने प्रावधान समेत निर्देशिकामा उल्लेख गरिएको छ ।

हालसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याब प्रा.लि. (वीटक) मात्र सूचीकरण भइसकेका छन्। बाँकी सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मलाई ३० दिनभित्र सूचीकरण गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार १६:५९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।