Logo

जनप्रतिनिधि

विष्णु रिमाललाई बालेनको जवाफ : किन नतिरेको जरिवाना ?



काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार समेत रहेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई काठमाण्डौं महानगरपालिका मेयर बालेन्द्र शाह बालेनले जरिवाना किन नतिरेको ? भन्दै प्रश्न गरेका छन् ।

आज (शनिबार) रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा कमेन्ट गर्दै बालेनले उक्त प्रश्न गरेका हुन् । आफू सामान्य मान्छे नै भएको जिकिर गर्दै बालेनले लेखेका छन‍्, ‘अरू सबै ठीक छ, म चाही सामान्य मान्छे नै हो । मेरो बाउबाजे राजा हो। परिवारको बारेमा बढी नबोल्नु होला, अनि तपाईँहरूले चाही किन नतिरेको पैसा ?

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको बताउँदै शनिबार सामाजिक सञ्जालमा रिमालले ‘गणतन्त्रमा मात्र यस्तो सम्भव छ !

महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौँका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने शासक ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटे छन् । यो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र हो’ भन्दै लेखेका थिए ।

यही स्टाटसमा मेयर बालेनले प्रश्न गर्दै कमेन्ट गरेका हुन‍् । गत ७ मंसिरमा काठमाण्डूको दरबारमार्गमा जनप्रदर्शन आयोजना गरेर जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो । जुन जरिवाना हालसम्म पनि एमालेले नतिरेको महानगरले बताउँदै आएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार २३:१५   :  बजे

858
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।