Logo

अर्थ

कर्पोरेट पे मा २० हजारभन्दा बढी संस्थाहरू आबद्ध



काठमाडाैं । व्यावसायिक भुक्तानी प्रणाली कर्पोरेट पेमा २० हजारभन्दा बढी संस्थाहरू आबद्ध भइसकेका छन् । यसका साथै नेपालमा हुने व्यावसायिक भुक्तानीमा डिजिटल रुपान्तरणले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बुम्झ्न सकिन्छ ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्ममा कर्पोरेट पे मार्फत ७१४ अर्ब रूपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ जुन गत आर्थिक वर्षमा भएको ८०० अर्ब रूपैयाँको कारोबार तुलनामा उल्लेखनीय वृद्धि हो ।

यस उपलब्धिले साना तथा मझौला व्यावसायिक र विभिन्न संस्थाहरूले डिजिटल भुक्तानीको लागि कर्पोरेट पे प्रयोग गर्ने प्रवृत्ति बढिरहेको देखिएको छ । उक्त प्रणाली साना तथा मझौला व्यावसायिक संस्था, सरकारी तथा गैर–सरकारी संस्था, वित्तीय संस्था लगायत विभिन्न संस्थाहरूले प्रयोग गर्दै आइरहेका छन् ।

यस प्रणालीबाट फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क युटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्ट लगायतका विभिन्न भुक्तानीहरू गर्न सकिन्छ ।

सो प्रणालीमा रियल टाइममा प्रति कारोबार १ करोड रूपैयाँ (सोही बैंक वित्तीय संस्था) तथा २० लाख रूपैयाँ (अन्य बैंक वित्तीय संस्था) सम्म तथा नन–रियल टाइम कारोबारको हकमा २० करोड रूपैयाँसम्म कारोबार सिमा रहेको छ ।

व्यवसायीहरूले वेबसाइटबाट कम्पनीको विवरण दाखिला गरी प्रयोगकर्ताहरूको श्रेणीबद्ध भूमिकाहरू निर्धारण गरी बैंकको विवरण राखेर अनलाइन रजिष्ट्रेसन प्रक्रिया सम्पन्न गर्न सक्नेछन् ।

त्यसपछि सम्बन्धित बैंकले रजिष्ट्रेसन अप्रुभ गरेपछि पेस गएिको विवरण वा बैंक सँग उपलब्ध कागजातहरूको आधारमा, एक्टिभेसन प्रक्रिया सम्पन्न हुन्छ ।

साथै, व्यवसायहरूले बैंकमा सम्पर्क गरी म्यानुअल इनरोलमेन्ट गर्न पनि सक्छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार १३:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।