Logo

फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले महागुरु फाल्गुनन्द लिङ्देन जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले फाल्गुनन्दकाे शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्नुभएकाे छ । उहाँले फाल्गुनन्दप्रति उच्च सम्मान प्रकट पनि व्यक्त गर्नुभएकाे छ । 

समाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नुभएकाे छ- ‘राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उहाँकाे शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्दछु ।’

वि. सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उहाँले जीवनको अन्तिम समयसम्म किरात भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गर्नुभएकाे थियाे ।

फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो | 

प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार  ९ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।