Logo

जनप्रतिनिधि

काठमाडौं महानगरको सूचना : वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्नुहोस्



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्न आग्रह गरेको छ ।

महानगरपालिकाले एक सूचनामार्फत भनेको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित बडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’

साथै, काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति तथा संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नुरगराउन समेत सूचनामार्फत अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०८१, आईतवार ०६:००   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।