Logo

जनप्रतिनिधि

सम्पदामा राजनीति नगरौं : सुनिता डंगोल



काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताएकी छन् । शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाण्डौं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।

सम्पदा क्षेत्रभित्र भू–राजनीति नभइ नेपाली नै सहभागी हुनुपर्ने उनको भनाइ थियो । ‘भोलि समय बित्दै गइसकेपछि भूकम्पपश्चात् कसले कसले केके गरे ? भन्दा हाम्रो सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स होइन,’ उनले भनिन्, ‘हाम्रो सम्पदा क्षेत्रभित्र हाम्रो सहभागिता हुनुपर्छ । हामीले गर्व गर्ने ठाउँ हुनुपर्छ । यो नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्छ भन्नेकुरामा सदैव जोड दिइरहेका छौँ ।’

सम्पदा निर्माणमा नेपालीकै लगानी गर्न राम्रो हुने बताउँदै उनलेसम्पदा संरक्षमा गर्व गर्न लायक काम हुनुपर्ने बताइन् । ‘सम्पदा निर्माणमा लगानी महानगरपालिकाको होस् वा सरकारको होस् । हामीले यो चाहीँ नेपाली आफैँले बनाउनु पर्छ है । यसमा हाम्रो हरेक लगानी हाम्रा नेपालीहरुकै हुनुपर्छ,’ उनले भनिन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार ०५:५६   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।