Logo

शेयर बजार

सेयर बजारमा रौनक, कारोबार रकम ४ अर्ब बढी



आज सेयर बजारमा रौनक छाएको छ । आज नेप्से परीसूचक २५ दशमलव ९८ अंकले बढेर १६७८ दशमलव ७९ बिन्दूमा रोकिएको छ । 
आज कारोबारमा आएका १९६ कम्पनीको ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २५६ रुपैँया बराबरको कारोबार भएको छ । 
कारोबार रकममा रौनक देखिएपनि हाइड्रोपावर र म्यूचुअल फण्ड समूहको उपसुचक भने घटेको छ । 
त्यसरी नै आज कर्पाेरेट विकास बैंक र साल्ट्र ट्रेडिङको सेयर मूल्यमा सकरात्मक सर्किट लागेर कारोबार बन्द भएका छन् । 
यो दिन कारोबार रकमको आधारमा नेपाल पुर्नबिमा कम्पनीले अधिपत्य जमाएको छ । जसको आज २८ करोड ५३ लाख ३२ हजार बढी रुपैँया बराबर कारोबार भएको छ । 

 

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार