Logo

आज प्रधानमन्त्री ओली विभिन्न आयोजनाको अवलोकन गर्न संखुवासभा जाँदै



 प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार सङ्खुवासभा जाँदैहुनुहुन्छ । बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाकारी दिएको छ ।

आज ओलीले त्यहाँ सञ्चालित विभिन्न विकास निर्माणका आयोजनाहरुको अवलोकन गर्नुहुने छ । प्रधानमन्त्री ओली सङ्खुवा जानेभएपछि तयारी पनि तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । ओली सुरूमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने कार्यक्रम छ ।

यस्तै उहाँले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्नुहुने छ । झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम छ ।

यस्तै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्ने तय भएको छ । ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्किनुहुने छ ।

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ८ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।