Logo

जनप्रतिनिधि

अख्तियारले किन बोलायो बालेनलाई ?



काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’लाई कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदाको खर्च विवरणबारे जानकारी दिन बोलाएको छ ।

फिल्म फेस्टिभलमा जाँदा सचिवालयका केही सदस्यलाई कर्मचारीका रूपमा लगेको विषयमा उजुरी परेपछि आयोगले साेधपुछका लागि बाेलाएकाे हाे ।

मेयर साहले आफूसँगै सचिवालयका २ सदस्य सुनिल लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीको रुपमा सहभागी गराएको विषयमा महालेखा परीक्षककाे कार्यालयले पनि प्रश्न उठाएकाे छ ।

महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि अख्तियारमा उजुरी परेकाे थियाे । मेयर साह गत वर्ष जेठ १ गते कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स भ्रमणमा गएका थिए । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुखका रुपमा सहभागी भएका थिए ।

त्यतिबेला मेयर साहले फिल्म फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका थिए । उनकाे सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरेको थियो । उनी ७ जेठमा नेपाल फर्किएका थिए ।

बालेन कान्स फिल्म फेस्टिभल भ्रमणमा सहभागी हुने क्रममा साढे २२ लाख रूपैयाँभन्दा बढी खर्च नियम विपरित भएकाे विवरण महालेखापरीक्षकको प्रतिवेदनमा छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन-२०८२अनुसार फिल्म फेस्टिबल हेर्न जाँदा ५२ लाख ५४ हजार ७७ रुपैयाँ नियमविपरित खर्च भएकाे छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलवार २१:४३   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।