Logo

प्रमुख समाचार

एमालेमा छिर्की राजनीति, माओवादीको यूटर्न, बालनेको क्रेज झन् बढ्यो



काठमाडौं । राष्ट्रपतिमा दुई कार्यकाल पूरा गरेकी विद्या भण्डारी अब एमाले राजनीतिमा फर्कने सूर कस्दैछिन् । उनलाई एमालेको अध्यक्ष हुने रहर जागेको देखिन्छ ।

अध्यक्ष ओली र विद्या भण्डारीबीचको बाटो छेकाछेक, धराप थापाथाप, आमने सामने राजनीतिले चकित पारेको छ । माओवादीका नन्दकिशोर उपराष्ट्रपतिबाट अवकाशपछि माओवादी उपाध्यक्ष बनेपछि विद्या भण्डारीले राज्यकोषको सुविधा लिंदै एमाले थिएँ, राजनीति गर्न कसैले रोक्न नसक्ने बताउन थालेकी छिन् ।

२० वर्षपछि बुढो हुने ओलीको कथन के होला ? एमालेको २४औं अधिवेशन भदौ २०–२३ मा हुन सक्नेछ । यो अधिवेशनमा पुनः ओली कि विद्या ? चर्चा बाक्लिएको छ । ईश्वर पोखरेल विद्यातिर लागेपछि अध्यक्ष ओली आक्रोसित हुन थालेका छन् । विद्या भण्डारी अध्यक्षको आकांक्षी बनेको देखिन्छ ।

उमेर हद ७० वर्ष र ओलीका पक्षका खम्बा शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली ढलपल भइदिए भने ओलीको सपना चकनाचूर हुन सक्नेछ ।

माओवादीको यूटर्न

आफ्नो मामाको त यो गति, कानो मामाको भाङ्ग्राको धोती । यो उखान र नेपाली राजनीति उस्तै देखियो । प्रमुख प्रतिपक्षीले भिजिट भिसामा मान्छे बेच्ने मुद्दामा नाक, कान, आँखा बन्द गरेर सत्तापक्षलाई सघाएपछि नैतिकताका अनेक प्रश्न उठेका छन् ।

राप्रपाले सदन बहिस्कार गरेको छ, रास्वपा बेल घेरिरहेको छ, सभामुख जबरजस्ती सदन चलाइरहेका छन् । माओवादीको यूटर्नले प्रचण्डमाथि मुद्दाबाट जोगिने र अग्नि सापकोटाको मुद्दा साटफेर गरेको सम्मका आरोप लागेका छन् ।

बालनेको क्रेज झन् बढ्यो

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर भएको विवादपछि मेयर र उपमेयरबीच सम्बन्ध चिसिएको थियो, अब सुलह भएको छ ।

एउटा कर्मचारीलाई अन्यत्र सरूवा गरिदिएको भए महानगरकले झन् बढी काम गर्नसक्ने थियो, प्रधानमन्त्रीले मेयरसँग जुँगाको लडाई गरेर सहसचिव सरोज गरागाईलाई महानगरमै थचारेर बालेनलाई अलोकप्रिय पार्न खोज्दा उपमेयर सुनिता र प्रधानमन्त्री आफै आलोचनाको पात्र बने ।

पाँच महिनादेखि महानगरको बैठक समेत बस्न सकेन । मेयर र उपमेयरको भेटवार्तापछि सभा हुने भएको खबर गोरखा एक्सप्रेसमा उल्लेख छ । मेयर, उपमयेर वडा १७ का अध्यक्ष नवीन मानन्धर, वडा ३२ का नवराज पराजुली र वडा १५ का ईश्वरमान डङ्गोलबीच छलफलपछि सहमति बनेको हो ।

अब मेयर बालेनले बैठक बोलाउने र बजेट अधिवेशन सम्भव हुने भएको छ । यद्यपि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं स्वयम् किन गोटी बनेर बसेका छन्, आश्चर्य छ ।

मेयर र अधिकृतको झगडाले बिमति बढाएको हो । मेयर, उपमेयर र वडा अध्यक्षहरूले अब बैठक, नगरसभा मार्फत नीति, योजना र बजेटतर्फ ध्यान दिने विश्वास गर्न सकिन्छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार ०६:०७   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।