Logo

राजनीति

कांग्रेस भोजन व्यवस्थापनका संयोजक रानाभाट चुनावी मैदानमा : तारिफ पाएको छु, चुनाव जित्छु



काठमाडौं । विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य भएका कास्कीका तिलक रानाभाट कांग्रेसको १५औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यका रुपमा भोट मागिरहेका छन् ।

महाधिवेशनमा भोजन व्यवस्थापन समितिको संयोजक समेत रहेका उनले मैदानमा कार्यकर्ताको उत्साहजनक माया पाइरहेको प्रतिक्रिया पनि दिए ।

‘कांग्रेसको आर्थिक एजेन्डा बलियो बनाउन, पारदर्शिता कायम राख्न र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन मेरो इच्छा छ,’ उनले भने,‘पार्टीमा केही साथीहरु छुट्नु भएको छ तर विस्तारै समायोजन हुनेछ ।’

१५औं महाधिवेशनमा भोजन व्यवस्थापनमा कुनैपनि टिप्पणी नआएको दाबी गरेका उनले नौं हजार जनालाई सहज रुपमा खाना खुवाउँदा धेरैबाट तारिफ पाएको पनि बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार १९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।