Logo

प्रमुख समाचार

भारतले इरानबाट दुई जना नेपालीको उद्धार गर्‍यो



काठमाडौँ । भारतले इरानबाट दुई जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका दुई जना नेपाली भारतको दिल्ली आइपुगेका छन् ।

भारतस्थित नेपाली दूतावासका अनुसार इरानाबाट भारतीय टोलीसँगै नेपालका गणेशप्रसाद पोखरेल र सुमन गैरे मंगलबार दिल्ली आइपुगेका हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालका अनुसार इरानको मसदबाट २८१ भारतीय, तीन श्रींलकाली र दुई जना नेपाली भारत आइपुगेका छन् ।

नेपालले इरानाबाट आफ्ना नागरिक पनि उद्धार गरीदिन भारतलाई आग्रह गरेको थियो । सो आग्रह बमोजिम भारतले नेपालीहरूको उद्धार गरेको हो ।

उनीहरूलाई नेपाली दूतावासका अधिकारले एयरपोर्टमा लिन गएका थिए । उनीहरू भारतबाट काठमाडौँका लागि प्रस्थान गरिसकेका छन् ।

दूतावासका अनुसार इरानबाट ११ जना नेपाली नेपाल आउन लागेकोमा पहिलो चरणमा दुई जनाको उद्धार गरिएको हो ।

 

प्रकाशित मिति : १० असार २०८२, मंगलवार २०:४१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।