Logo

अर्थ

सन नेपाल लाइफको हकप्रद सेयर बाँडफाँड



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीद्वारा निष्कासन गरिएको २७ प्रतिशत हकप्रद सेयर असार १२ गते बाँडफाँड भएको हो ।

कम्पनीले गत वैशाख ४ गतेसम्म कायम सयेरधनीका लागि गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको थियो ।

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ३ लाख ९० हजार ३५० जना सेयरधनीहरुलाई १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये २ लाख २४ हजार ७२८ कित्ता सेयर भने अवितरित रहेको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार ११:३९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।