Logo

प्रमुख समाचार

अमेरिकाबाट फेरि तीन नेपाली निष्कासन



काठमाडौं । अमेरिकाले अवैध रूपमा बसोबास गरेको आरोपमा तीन जना नेपालीलाई निष्कासन गरेको छ ।

निष्कासनमा पर्नेमा वली, डाँगी र केसी थरका एकरएक जना रहेका छन् । अमेरिकी इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट ९आइस०का अनुसार उनीहरूलाई असार ११ र १२ गते एयर इन्डियाको जहाजमार्फत भारत हुँदै काठमाडौं फर्काइएको हो ।

आइस प्रहरीका अनुसार यी व्यक्तिहरूलाई अमेरिकाका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।

पक्राउका क्रममा उनीहरूसँग कुनै वैधानिक कागजात नभेटिएको बताइएको छ । अमेरिकास्थित नेपाली दूतावाससँगको समन्वयमा ुट्राभल डकुमेन्टु व्यवस्था गरी उनीहरूलाई नेपाल फर्काइएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिलाई कडा बनाउँदै अवैध रूपमा बसोबास गर्ने आप्रवासीहरूमाथि धरपकड तीव्र पारेको छ ।

यसै क्रममा नेपालीहरू पनि पटक(पटक निष्कासनमा परेका छन् ।

गत जेठको अन्तिम साता पनि अमेरिकाले ३७ जना नेपालीलाई एकै पटक निष्कासन गरेको थियो। तीमध्ये ३२ पुरुष र ५ महिला थिए, जसलाई ओम्नी एयरलायन्सको जहाजमार्फत काठमाडौं फर्काइएको थियो ।

निष्कासित नेपालीहरू अधिकांश तल्लो बाटो ९मेक्सिको हुँदै० अवैध रूपमा अमेरिका प्रवेश गरेको र केहीलाई सीमा क्षेत्र वा काम गर्ने स्थानबाट पक्राउ गरिएको आइस प्रहरीले जनाएको छ ।

ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिका कारण नेपाली समुदायमा समेत त्रास बढेको त्यहाँस्थित नेपालीहरूले बताएका छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार २१:३६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।