भरतपुर । चितवनको नारायणी नदीमा हामफाल्ने प्रयास गरेकी एक युवतीलाई चितवन प्रहरीले उद्धार गरेको छ ।
मंगलबार नारायणी किनारस्थित मोटरबोट नजिकैबाट भरतपुर १ पुल्चोकमा डेरा गरी बस्ने अन्दाजी २६ वर्षकी युवतीलाई प्रहरीले उद्धार गरेको जनाएको छ ।
उनलाई वडा प्रहरी कार्यालयमा राखिएको र परिवारलाई सम्पर्कमा ल्याउन पहल भइरहेको प्रहरीले जनाएको छ ।





















प्रतिक्रिया