Logo

प्रमुख समाचार

‘कुलिङ पिरियड’मा भएको छेडखानीको जिम्मेवार सभामुख हुन् : माओवादी



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’को व्यवस्था छेडखानीको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताएको छ ।

माओवादी केन्द्रले बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरेर राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत सिफारिस गरेको ‘कुलिङ पिरियड’ को व्यवस्थामाथि भएको हेराफेरीको जिम्मा सभामुखले लिनुपर्ने बताएको हो ।

‘विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यी एकाध व्यक्तिले मात्र गरेको दुस्साहस होइन,’ पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यो सुनियोजित तरिकाले गरिएको धृष्टता हो । यसको जिम्मा नैतिक रूपमा संसद्को नेतृत्व समेतले लिनु पर्दछ ।’

‘कुलिङ पिरियड’मा भएको छेडखानीलाई गम्भीर प्रकृतिको संसदीय अपराधको संज्ञा दिँदै यथाशक्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने पनि जिकिर गरे ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार १५:२१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।