Logo

प्रमुख समाचार

कांग्रेस बैठकः भित्र चर्काचर्की गर्दै, बाहिर ‘ब्लड प्रेसर’ नाप्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार चौथो दिन जारी छ ।

गत सोमबारदेखि सुरू भएको बैठकका लागि लागि कांग्रेसले विभिन्न १३ वटा एजेन्डाहरू तय गरेको छ ।

१० महिनापछि बसेको बैठकमा नेताहरू सांगठनिक विषयदेखि विषयलाई लिएर चर्को बहस गरिरहेका छन् ।

कतिपय नेताहरू व्यक्तिगत विषयहरूमा पनि आक्रोश पोखिरहेका छन् ।

बैठकमा एक पक्षले व्यक्तिगत रुपमा आक्रोश पोख्दै गर्दा अर्को पक्ष जवाफमा थप आक्रोशति हुने दृष्य सोमबारदेखि नै देखिन सुरु भएको छ ।

कांग्रेस बैठकमा भित्र गर्मागर्मी बहस भइरहँदा केही नेताहरू बाहिर रक्तचाप (ब्लड प्रेसर) जाँच पनि गरिरहेका छन् ।

उनीहरूले आ–आफ्नो ‘ब्लड प्रेसर’ नापेका तस्बिर कांग्रेस केन्द्रीय कार्यालयमा रहेका केही पत्रकारहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १९:४२   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।