काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । यादवले सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई फोनमा गाली गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो ।
प्रहरी स्रोतका अनुसार यादव र एसपी खड्काबीच फोनमा भएको विवादको अडियो सार्वजनिक भएपछि घटनाको गम्भीरता बढेको छ । अडियोमा अध्यक्ष यादवले एसपीलाई ‘तिमीहरू को हौ?’ भन्दै अपशब्द प्रयोग गरेका छन्। उनले खड्कामाथि ‘मधेशमा लुट्न आएको’ जस्ता गम्भीर आरोप पनि लगाएका छन् । यद्यपि उनी अहिलेसम्म पक्राउ भने परेका छैनन् ।
घटनापछि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले अडियोको सत्यता पुष्टि गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई अनुसन्धान निर्देशन दिइसकेको जानकारी दिएका छन् ।
यसैबीच, मधेश प्रदेशका डीआईजी उमा चतुर्वेदीले भने अनुसन्धान प्रक्रिया चलिरहेको हुँदा अहिले केही भन्न नमिल्ने प्रतिक्रिया दिएकी छन् ।




















प्रतिक्रिया