Logo

प्रमुख समाचार

कुलिङ प्रकरणः छानबिन गर्न ७ सदस्यीय समिति गठन



 

काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको अनियमितताको छानबिन गर्न विशेष संसदीय समिति गठन हुने भएको छ ।

सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिवार भएको छलफलपछि यो छानबिन समिति गठन गर्ने निर्णय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनका अनुसार समिति सात सदस्यीय हुनेछ । यसमा नेकपा एमाले र नेपाली कांग्रेसबाट २–२ जना, तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन् ।

बर्तौलाले संसद्को नियमावलीको नियम १८० अनुसार समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।

 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार २१:२३   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।