Logo

समाचार

नेपाल टेलिकमको इन्टरनेटमा देखिएको समस्या पुनस्थापनाको प्रयास जारी रहेको छ: टेलिकम



काठमाडौं । नेपाल टेलिकमको इन्टरनेटमा मंगलबार बिहानैदेखि समस्या देखिएको छ ।

टेलिकमले अन्तर्राष्ट्रिय सेवा प्रदायकहरुबाट इन्टरनेट सेवा खरिद गरी ग्राहकवर्गमा सेवा प्रदान गर्दै आएकोमा मंगलबार विहान साढे एक बजेदेखि एउटा सेवाप्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको छ । त्यसको चाप अरु वैकल्पिक सेवामा परेको कारण इन्टरनेटको स्पीडमा समस्या भएको टेलिकमले जनाएकाे छ ।

एउटा सेवाप्रदायमा भएको समस्याले सम्पूर्ण ट्राफिकहरु वैकल्पिक सेवाप्रदायकबाट सञ्चालनमा आएको छ । बैकल्पिक सेवाको लिङ्कमा चाप पर्दा टेलिकमको इन्टरनेट सेवाको स्पीडमा केही समस्या उत्पन्न भएको र तत्काल समस्या समाधान गरी सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको नेपाल टेलिकमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १२:२८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।