Logo

प्रमुख समाचार

भोटेकोशी नदीको बाढीमा प्रहरीसहित २० जना अझै बेपत्ता



काठमाडौँ । भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीमा परेर २० जना बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा ३ जना नेपाल प्रहरी तथा ६ जना चिनियाँ नागरिक रहेका छन् ।

चीनतर्फबाट बिहान ३ बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बाढी आएको थियो ।

बाढीमा फसेका ५५ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीको उद्धार गरेको कार्यालयले जानकारी दिएको छ ।

उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ५ स्थित खोला किनारमा पुरुष व्यक्तिको सडेगलेको शव फेला परेको जानकारी दिइएको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार २०:४४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।