काठमाडौँ । भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीमा परेर २० जना बेपत्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा ३ जना नेपाल प्रहरी तथा ६ जना चिनियाँ नागरिक रहेका छन् ।
चीनतर्फबाट बिहान ३ बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बाढी आएको थियो ।
बाढीमा फसेका ५५ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीको उद्धार गरेको कार्यालयले जानकारी दिएको छ ।
उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ५ स्थित खोला किनारमा पुरुष व्यक्तिको सडेगलेको शव फेला परेको जानकारी दिइएको छ।





















प्रतिक्रिया