Logo

प्रमुख समाचार

सत्ता परिवर्तनको खेल आरम्भ : एमाले नेतृत्वको पछ्यौरी समातेर बैतरणी पार हुन खोजेको कांग्रेस एमालेसँग टाढिंदै



काठमाडौं । नेपाली राजनीति सत्ताको वरिपरि घुम्ने ७० वर्ष पुरानो अवस्थामा सामान्य हेरफेर भएता पनि सबै राजनीतिक शक्तिहरु सत्ता कन्द्रित राजनीति नै गर्दै “एनि हाउँ सत्तामा जाउँ र एनि हाउँ माल कमाउँ” मा लाग्दा देशको अवस्था खस्किदै गएको छ ।

चुनावका लागि आकर्षक नारा दिने दल र आश्वासन बाँड्ने पार्टीका नेताहरु जनताको घरदैलोमा जाने त कुरै नगरौं । चुनाव सम्पन्न भई विजयमाला लगाएपछि “खोला तर्यो लौरो बिस्र्याे ” प्रचलित नेपाली उखान चरितार्थ गरेका नेताहरु सत्ताका भोका हुन् भनी प्रमाणित गर्दै आएका छन् ।

अझ भनौं जनता र देशका लागि कानुन बनाएर सूशासन स्थापित गर्ने विधायिका राजनीतिक दोहरीको अखडामा परिणत हुँदै आएको छ । सत्ता र भत्तामा अड्केका सांसदहरु छिटो–छिटो नयाँ–नयाँ कानून बनाएर, एन र विनियमावली निर्माण गरी संविधान संशोधन गरेर परिवर्तनको अनुभूति जनतालाई दिलाउन सकेको भए नेपालमा बेथितिको पहाड खडा हुने थिएन ।

यौटा चुनाव जित्यो जनतालाई दिएको आश्वासन बिर्सेर अर्को चुनाव (मिशन–२०८४) को चुनाव कसरी जित्ने हल्ला मच्चाएर दलका मुखिया, नेता र कार्यकर्ताहरुले अरु सबै काम बिर्सिदिंदा जनता शोषणको जाँतोमा पिल्सिएका छन् ।

दुई विशाल पार्टी यौटा सत्ता र अर्को प्रतिपक्षमा बस्नुपर्ने मिलेरै सरकार गठन गरेपछि साना तिना र झिना मसिनाहरु सबै तह लागेका छन् । यद्यपि सरकारको नेतृत्वकताहरुले साना र मझौला दलहरुलाई पनि सत्तामा सभागी गराएर समावेशी र शासन सत्ताको गुनगान गर्न तथा गराउन पछि परेको छैन ।

सरकार गठन भएको एक वर्ष नपुग्दै जसपा नेपाल र सरकार गठनको एक वर्ष पूरा भए पछि नागरिक उन्मुक्ति पार्टीले यो सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यद्यपि कांग्रेस र एमालेबीचकै गठबन्धनले गर्दा सरकार चलाउन चाहिने बहुमत पुगेको छ ।

तर, कांग्रेस भित्र पार्टी सभापतिलाई सरकारको नेतृत्व लिन दवाव दिँदै केन्द्रिय समितिको बैठकमा जोडबल भएपछि पार्टी सभापति देउवा हिमालको चुचुरोमा चढ्ने बेला पर्वतारोहीले “स्याँ स्याँ ” गरे झैं देउवा गर्न थाल्दा वर्तमान ओली नेतृत्वको सरकार अस्पतालको आईसीयूमा बिरामी भर्ना झैं पुगेको छर्लङ्ग देखिन्छ ।

कांग्रेस भित्र सरकारको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त भइरहेको छ भने कांग्रेसीहरु देउवालाई त्यसको दोष थुपार्दै राम्रो कामको जस एमालले लिँदै आएको नराम्रो कार्य कांग्रेसले गर्यो भनी जनतामा भ्रम गर्ने काम भइरहेको कुरा कांग्रेस केन्द्रित समितिमा उठेपछि कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेसको जनाधार खस्किदै गएको प्रति गम्भीर ध्यान दिन असार २२ गते आग्रह गरे ।

प्रवक्ता डा. महतले एमालेसँग सरकारमा कांग्रेस बसेपछि त्यहाँ बसिराख्ने न्यूनतम आधार के हो फ्लोरमा प्रश्न राख्दा केन्द्रिय समिति बैठकमा उपस्थित सदस्यहरु चिन्तित मुदामा देखा परे ।
कांग्रेस बैठकमा नेता डा.शेखर कोइरालाले वर्तमान गठबन्धनको औचित्य समाप्त भएको भन्दै पार्टी नेतृत्वमाथि दवाव दिदै आएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा २०८१ असार १७ गते कांग्रेस र एमाले बीच भएको सहमति बमोजिम भागवण्डामा केपी शर्मा ओली र शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमतिलाई कार्यान्वयन गर्ने तर्फ अग्रसर देखिन्छ ।

देउवालाई ओलीले शासन गरिसकेपछि बाँकी अवधि प्रधानमन्त्री बन्न नदिने सम्भावना कांग्रेस केन्द्रिय कार्य समितिको बैठकमा कांग्रेसीहरुले तर्क गर्दै अख्त्यिारले देखाएको सक्रियता र ५२ जना सैवैधानिक पदाधिकारीहरुको बारेमा सर्वोच्च अदालतले हालै दिएको फैसलाले झस्काउने अवस्था उत्पन्न गरेको देखिन्छ ।

सरकारमा सामेल नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र अनुसार २२ गते प्रतिनिधिसभाको सभामुखलाई बुझाए पछिको अवस्थामा संविधान त सरकारको नेतृत्वकर्ता दल विभाजित भएको र सरकारमा सामेल दलले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनु पर्ने व्यवस्था छ ।

यद्यपि कांग्रेसकोे प्रतिनिधिसभामा ८८ (एक सांसद निलम्बनमा छन्) र एमालेको ७९ (एक जना निलम्बन) जसपाका ७ सांसद र लोसपाको ४ सांसद गरेर १७८ सांसद भएकोले कुनै दलले समर्थन फिर्ता लिदैमा सरकार ढल्दैन ।

तर, देउवा ओलीले शासन गरिसकेर बाँकी अवधिको प्रधानमन्त्री बन्न एमालले अवसर नदिए शंका लागेमा र त्यो शंका पूर्ण रुपमा यकिन भएमा आलीले विश्वासको मत लिने बेलामै देउवाले कांग्रेस पार्टीलाई ह्वीप जारी गराएर एमालेलाई समर्थन गरेन भने ओली नेतृत्वको सरकार ढल्न सक्छ । त्यो अवस्थामा बहुमत जुटाउन सक्नेलाई सरकारको नेतृत्व लिन राष्ट्रपतिले आह्वान गर्न सक्ने अवस्था आउन सक्छ ।

कांग्रेस ससभापति शेरबहादुर देउवासँग पटक–पटक भेटघाट गरी निमन्त्रणा गरेका माओवादी केन्दका अध्यक्ष प्रचण्डले आफ्नो छलफल र गतिविधि देउवा र अन्य दलहरुसँग बढाएको बेला सत्ता परिवर्तनको खेल आरम्भ भएको अड्कल राजनीतिक वृत्तमा गरिदैछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सो पार्टीको ८७ सांसद, माओवादी केन्द्रको ३२ सांसद, एकीकृत समाजवादीको १० सांसद (माधव नेपाल निलम्बन) जनमत पार्टीको ६ सांसद, नागरिक उन्मुक्ति पार्टीको ४ सांसद र लोसपाकोे ४ सांसदहरु जोडेर सरकार बनाउन बहुमत पुग्दछ ।

यस्तो गर्ने कुराहरु पनि कांग्रेस–माओवादी भित्र चर्काे बहसको रुपमा उठेपछि संभावनाको खेती गर्नेहरु फस्टाउन अनौठो होइन । उता कांग्रेस महामन्त्री गगन थापाले सरकारको विकल्प होइन कार्यशैलीमा परिवर्तनको खाँचो औल्याएका छन् ।

संविधान संशोधनको एजण्डा अघि बढाएर संसदका दुई ठूला कांग्रेस र एमालेबीच गठबन्धन भएको । तर, संविधान संशोधन हुन नसक्दा गठबन्धनको औचित्य समाप्त भएको तर्क गरिँदैछ ।
कांग्रेसका केही केन्द्रिय सदस्यहरुले केन्द्रिय समिति बैठकमा मन्त्रीहरुको कार्यशैलीमा प्रश्न उठाउँदै मन्त्रीहरु फेरिनु पर्ने तर्क राख्दै मन्त्रिपरिषद् पुर्नगठन नै गर्ने कि भनी आवाज पनि उठाएको छ । हेरौं ऊँट कुन करवट बस्ने हो । उथल–पुथलको राजनीतिमा जनताको उत्सुकता र चासो पनि थपिएको छ अपर्णका साथमा ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार १०:०२   :  बजे

519
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।