Logo

सूचना/प्रविधि

शाओमी पावर बैंकः सस्तोमा सुपर फास्ट चार्जिङ



काठमाडाैं । आधुनिक जीवन शैलीमा मोबाइल, ट्याब्लेट, इअरबडदेखि स्मार्ट वाचसम्मको प्रयोग अत्यावश्यक बनेको छ । यस्ता डिभाइसहरू दिनभर चलाउन स्थायी ऊर्जा स्रोत चाहिन्छ, जुन समस्या समाधान गर्न विश्वप्रसिद्ध ब्रान्ड शाओमीका भरपर्दा पावर बैंकहरू नेपाली बजारमा उपलब्ध भएका छन् ।

शाओमीले ल्याएका चार फरक मोडलका पावर बैंकहरूले विद्यार्थी, अफिस जानेहरू, व्यवसायी, यात्रारत व्यक्ति लगायतका प्रयोगकर्ताका विभिन्न आवश्यकतालाई लक्षित गरेका छन् ।

शाओमी पावर बैंक ४आइ (१०००० एमएएच) रु. ३,४९९ मा उपलब्ध छ, जसले एकैपटक तीनवटा डिभाइस चार्ज गर्न सक्छ । युएसबी-ए र युएसबी-सी पोर्ट भएको यो पावर बैंक २२.५ वाट फास्ट चार्ज सपोर्ट गर्छ भने टु–वे चार्जिङ प्रणालीसमेत छ ।

बिल्ट–इन केबलसहितको शाओमी पकेट पावर बैंक १०००० एमएएच रु. ४,२९९ मा पाइन्छ । यो डिभाइस पनि २२.५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ र ३.५ घण्टामा पूरै चार्ज हुन्छ ।

रेड्मी पावर बैंक २०००० एमएएच रु. ४,४९९ मा उपलब्ध छ, जुन लामो यात्रा वा धेरै ग्याजेट प्रयोगकर्ताका लागि उपयुक्त मानिएको छ । १२ तहको सुरक्षा प्रणाली, उच्च भोल्टेज र सर्ट सर्किटबाट सुरक्षा विशेषता यसमा रहेको छ ।

शाओमी पावर बैंक ४आइ (२०००० एमएएच) रु. ४,९९९ मा उपलब्ध छ, जुन ३३ वाट सोनिक चार्जिङसहित आउँछ । यो हेभी–ड्युटी मोडलले साना डिभाइसका लागि लो पावर मोड समेत सपोर्ट गर्छ ।

शाओमी पावर बैंकहरूले फास्ट चार्जिङ, किफायती मूल्य, सुरक्षित संरचना र स्टाइलिश डिजाइन उपलब्ध गराएको छ । नेपाली बजारमा उपलब्ध यी उत्पादनले शाओमीलाई भरपर्दो पावर समाधानको प्रतीक बनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १२:४६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।