Logo

अर्थ

रसुवा बाढी: बीमा कम्पनीहरुमा झन्डै २९ करोडको दाबी पेश, कुनमा कति?

सबैभन्दा धेरै शिखर इन्स्योरेन्समा



काठमाडौं । रसुवाको ल्हेन्दे खोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ । नेपाल बिमा प्राधिकरणकाअनुसार विभिन्न सात बिमा कम्पनीमा सो बराबरको दाबी परेको हो ।

शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेको छ ।

नेको इन्स्योरेन्समा ५ करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ करोड ४१ लाख ५० हजार बराबरको ७ वटा दाबी परेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीमा १ करोड २८ लाख ५० हजार बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख बराबरको ६ वटा, आइजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार बराबरको ९ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, युनाइटेड अजोडमा ६८ लाख बराबरको ३ वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख बराबरको ६ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख बराबरको ७ वटा बिमा दाबी परेको छ ।

प्राधिकरणका अनुसार कूल ६३ वटा बिमा दाबी परेको छ । रसुवाको ल्हेन्दे खोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १३:११   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।