Logo

प्रमुख समाचार

खडेरीका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीर: मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मधेस प्रदेशमा परेको खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीर रूपमा लागिपरेको बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मधेसमा रहेको खोनपानीको समस्या समाधानका लागि सरकारले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाइरहेको पनि बताए ।

मानवीय कारणले उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि समेत रणनीति बनाएर कार्यान्वयन गरिने उनको भनाइ छ ।

उनले विपद् व्यवस्थापन प्राधिकरणलाई प्रभावकारी बनाएर विपद्जन्य घटनाको व्यवस्थापन र जोखिम नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।

“विपद्‌मा परेर सुक्खा र खडेरी परेको मधेसको जनतालाई हामीले कसरी राहत उपलब्ध गराउने, त्यसको दीर्घकालीन समाधानका लागि के गर्ने भनेर योजना बनाउने, अहिले तत्काललाई खानेपानीको समस्या र सिँचाइको समस्या हल गर्ने कुरामा सरकार गम्भीर छ,” उनले भने ।

 

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार १९:३८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।