काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।
आज प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ मूल्य तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२३५ रुपैयाँ रहेको चाँदी आज २२५० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया