Logo

अर्थ

सिंगटी हाइड्रो इनर्जी नाफामा, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले गत आवमा असार मसान्तसम्म १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्ष (२०८०/८१) को यसै अवधिमा कम्पनीले ६ करोड ९२ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो ।

कम्पनीले गत वर्ष ब्याजवापत २६ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ १७ पैसा तथा प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १२:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।