Logo

अर्थ

सेयर बजारमा उच्च अंकको गिरावट, ९ अर्ब ३३ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसुचक ४१.७८ अंकले घटेर २८३३ को विन्दुमा कायम भएको छ ।

आज ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ कम्पनीको मूल्य घटेको छ ।

आज ९ अर्ब ३३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३९ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १५:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।