काठमाडाैं । भक्तपुरस्थित होटल भादगाउँ एण्ड रिसोर्टले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण सेयर (आईपीओ)निष्कासन गर्ने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको छ ।
होटलले संकलित रकमको प्रयोग गर्दै आफुलाई पाँचतारे सुविधासम्पन्न बनाउने, पूर्वाधार विकास गर्ने तथा उच्चस्तरीय सेवाहरू थप गर्दै आतिथ्य क्षेत्रको स्तर उकास्ने योजना अघि सारेको छ ।
सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । यसै सन्दर्भमा एक औपचारिक कार्यक्रमको आयोजना गरी होटल भादगाउँ एण्ड रिसोर्टका प्रबन्ध निर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
हाल ४० वटा सुविधा सम्पन्न कोठाका साथ सञ्चालनमा रहेको होटलले आईपीओ निष्काशन पश्चात् आफ्नो व्यवसायलाई १०० वटा कोठासम्म विस्तार गर्ने, स्पा, फिटनेस सेन्टर, भूमिगत पार्किङ्ग, बाह्य बगैँचा, सेमिनार, कन्फरेन्स, डेस्टिनेशन वेडिङ्ग जस्ता नयाँ सेवाहरू थप गर्ने योजना बनाएको छ ।
होटल भादगाउँ एण्ड रिसोर्टले प्रविधिमा आधारित सेवा व्यवस्थापन प्रणाली, हरित पर्यटनको अवधारणा र दीगो विकास लक्ष्यमा प्रतिबद्ध रहँदै व्यवसाय विस्तार गर्ने रणनीति अघि सारेको छ ।




















प्रतिक्रिया