काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको आईपीओ बाँडफाँटपछि अब लघुवित्तले दोस्रो चरणमा आम लगानीकर्ताका लागि सेयर निष्काशन गर्न लागेको हो ।
लघुवित्तले यसमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता सेयर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको थियो ।
अब दोस्रो चरणमा लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ बराबर हुन्छ ।
लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिने व्यवस्था गरिएको छ ।
आवेदन दिने अन्तिम मिति छिटोमा भदौ ३ गते तोकिएको छ भने यदि पूरै आवेदन नपरेको खण्डमा म्याद भदौ १३ गतेसम्म लम्बिन सक्नेछ ।




















प्रतिक्रिया