काठमाडौं । करोडाैं रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर पुगेका छन् ।
श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेपछि श्रीवास्तव आफैं प्रहरी परिसर पुगेका हुन् ।
सेयर कारोबारी दीपेन्द्र अग्रवालले सेयर खरिद–बिक्री गर्ने विभिन्न १५ नाममध्येका २ जना आफूहरूले पाउनुपर्ने रकम फिर्ता नदिएको भन्दै उजुरी दिएको काठमाडौ प्रहरी परिसरले जनाएको छ ।
दीपेन्द्र अग्रवालले मिता मुरारका अग्रवाल तथा ज्योति अग्रवालसहित विभिन्न १५ व्यक्तिका नाममा सेयर कारोबार गर्दै आएकाे धितोपत्र बोर्डको अनुसन्धानमा देखिएको छ ।
प्रहरीका अनुसार उक्त ब्रोकर कम्पनीले उजुरीकर्ता दुईको कुल ११ करोड ५५ लाख रुपैयाँ सेयर कारोबार बापत फिर्ता नगरेको भन्दै ठगीको आरोप लगाइएको हो ।
उजुरी परेपछि कार्यालय पुगेका श्रीवास्तव उपर प्रहरीले आवश्यक अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया