Logo

अर्थ

ठगी आरोपमा पक्राउ परेका सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक श्रीवास्तवविरुद्ध ३ दिन म्याद थप



काठमाडौं । साढे ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका कम्पनी सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवविरुद्ध तीन दिन म्याद थप भएको छ ।

तीन दिन म्याद थप भएको जिल्ला प्रहरी परिसरले जनाएकाे छ । बुधबार बिहान उनी आफैं परिसरको कार्यालय भद्रकालीमा आएपछि नियन्त्रणमा लिइएको थियो ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मीता अग्रवाल मुरारकाले शेयर कारोबारको रकम फिर्ता नगरेको भन्दै  जाहेरी दिएकी थिइन् ।

 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १६:४६   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।