Logo

अर्थ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई गोकर्ण फरेस्ट रिसोर्टमा १५ प्रतिशत छुट



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ग्राहकले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा विशेष छुट पाउने भएका छन् । छुट दिने विषयमा बैंक र रिसोर्टबीच आपसी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेस्ट रिसोर्टमा उपलब्ध फुड एन्ड बेभरेज र स्पा सर्भिसमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै डिजिटल कारोबार प्रोत्साहन गर्नु रहेको बैंकले जनाएको छ ।

एनआईएमबीले आफ्ना ग्राहकको सुविधालाई प्राथमिकता दिँदै यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १०:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।