Logo

अर्थ

जुलाईमा ३६,७१७ इभी डेलिभरी गर्दै एक्सपेङले बनायो नयाँ रेकर्ड



काठमाडौं । ग्लोबल इलेक्ट्रिक इभी ब्रान्ड एक्सपेङले जुलाई २०२५ मा आफ्नो इतिहासकै सबैभन्दा बढी मासिक डेलिभरी ३६,७१७ युनिट पूरा गरेको घोषणा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २२९ प्रतिशतको बृद्धि हो ।

एक्सपेङलाई अन्तर्राष्ट्रिय बजारमा थप उचाइमा पुर्‍याएको छ, जसले नेपाली उपभोक्तालाई पनि अझ विश्वास दिलाएको छ ।

एक्सपेङ एक टेस्टेड, ट्रष्टेड र हाई टेक ईभी ब्रान्ड हो ।

नेपालमा एक्सपेङ जी ६ छिट्टै नै सहर केन्द्रित युवा व्यवसायी, इभी रोज्ने परिवार र लामो दूरी यात्रा गर्ने चालकहरूको मनपर्ने विकल्प बन्दै गएको छ । यसको स्मार्ट टेक्नोलोजी, आधुनिक डिजाइन र सहज ड्राइभिङ अनुभवले नेपाली बजारमा प्रिमियम इभीको परिभाषा नै परिवर्तन गरिरहेको छ।

मोना र पी ७ प्लस नेपालमा उपलब्ध छैनन्, ती मोडेलको अन्तर्राष्ट्रिय सफलताले एक्सपेङ जी ६ मा पनि समान एरोडायनामिक डिजाइन, एआई–पावर्ड ताइन्जी ओएस, ओटिए अपडेट, स्मार्ट पार्किङ र को–ड्राइभिङ जस्ता फिचरको विश्वास जगाउँछ ।

विश्वभर ८ लाख भन्दा बढी एक्सपेङ गाडीहरू डेलिभर भइसकेका छन् । ३.५३ मिलियन टन सीओ २ उत्सर्जन घटाइसकेको तथ्यले एक्सपेङको दिगोपन प्रतिको प्रतिबद्धता र नेपालको सफा उर्जाको लक्ष्यसँग मिल्दो छ ।

एक्सपेङ अहिले ४६ भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरूमा उपस्थित छ । इन्डोनेसियामा स्थानीय उत्पादन सुरु गर्ने तयारीमा रहेको छ । यसले ब्रान्डको दीर्घकालीन उपस्थितिको प्रतिबद्धता र नवप्रवर्तन योजनामा अझै दृढता ल्याउँछ ।

नेपालमा विद्युतीय भविष्यप्रति बढ्दो आकर्षणकाबीच एक्सपेङ जी ६ एक स्मार्ट, इफिसियन्ट र विश्वसनीय ईभीको रुपमा को रुपमा ब्रान्ड उदाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार ११:५४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।