काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ । आज सुनकाे मूल्य ताेलामा १ हजार रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन १ लाख ९९ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।




















प्रतिक्रिया