काठमाडाैं । गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले भारत र बंगलादेश गरी करिब साढे १७ अर्ब रूपैयाँको विद्युत निर्यात गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/०८२ मा भारतमा १७ अर्ब १९ करोड रूपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रूपैयाँ गरी कुल १७ अर्ब ४५ करोड ६७ लाख रूपैयाँको बिजुली बिक्री गरेको हो । गत वर्ष १२ अर्ब ९२ करोड रूपैयाँ बराबरको बिजुली आयात गरिएको उल्लेख छ ।
हाल भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत निर्यात गरिरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया