Logo

पत्रपत्रिका

त्यसको जिम्मा हामी लिन्छौँ



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई थुनिएको कोठाको आकार, अवस्था र परिस्थिति, गरिएको व्यवहारदेखि उनलाई भेटेका अरू नेता र सरोकारवालाको टिप्पणीसहितका तथ्यहरूप्रति हामी विश्वस्त छौँ । त्यसको जिम्मा लिन्छौँ ।

जेलजस्तो संवेदनशील ठाउँमा समाचार स्रोतका आफ्ना सीमा हुन्छन् । त्यसैले कारागारमा रविलाई राखिएको कोठाजस्तै देखिने समाचारमा प्रयोग गरिएको फोटो एआईको पनि सहयोगमा तयार गरिएको हो ।

असावधानीवश त्यसबारे खुलाउन छुटेकोमा क्षमाप्रार्थी छौँ । यति पेचिलो राजनीति जोडिएको समाचार र तस्बिरका स्रोत अप्ठ्यारोमा नपरून् भनेर पनि सञ्चारगृहले सोच्नै पर्‍यो । रवि राखिएको वास्तविक जेल र नयाँ पत्रिकामा छापिएको जेलका बिचमा कति फरक छ, त्यो पनि पाठकले नै छुट्याउनुहोला । कारागार सार्न पनि नमानेको सरकारले रविलाई अतिरिक्त सुविधा दियो भनेर विश्वास गर्ने आधार देखिँदैन ।

रविलाई थुनिएको कोठाको लम्बाइ–चौडाइसहित आकार, अवस्था र परिस्थितिबारे सरकार र संसद्ले नै सार्वजनिक गरून् भन्ने हामी चाहन्छौँ । यसैबिच रूपन्देही कारागार प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै सुरक्षालाई ध्यानमा राखी रविलाई छुट्टै कोठामा राखिएको बताएको छ । अन्य कैदीहरू र उनीमा विभेद नगरी सेवासुविधा उपलब्ध गराउँदै आएको दाबी विज्ञप्तिमा गरिएको छ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार ०७:३१   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।