काठमाडाैं । काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न सहरमा आज गाईजात्रा पर्व मनाइँदै छ ।
विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वमा गाई वा गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने विश्वास छ ।
गाईजात्रा पर्वको अवसरमा आज काठमाण्डौ उपत्यका लगायत बागगमति प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । यसर्थ आज सेयर बजारलगायतका बैंक तथा वित्तीय संस्था बन्द रहने छन् ।




















प्रतिक्रिया