काठमाडौं । नागरिक लगानी कोषले एक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०८१/८२को अपरिस्कृत वित्तीय विवरण अनुसार कोषले सो बराबरको नाफा कमाएको हो । गत आर्थिक वर्षमा कोषको नाफा १ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।
कोषले ब्याज, सेवाशुल्क तथा कमिसन तथा विविध आम्दानी गरी १ अर्ब ९ करोड रुपैयाँ आर्जन गरेको छ ।
हाल कोषको पुँजी ६ अर्ब ४८ करोड रुपैयाँ बराबर रहेको छ । कोष अन्तर्गतका विभिन्न योजनामा २ खर्ब ९१ अर्ब ८२ करोड संकलन भएको छ । यो अघिल्लो वर्षको भन्दा ४२ अर्ब रुपैयाँ बढी हो ।
संकलित रहेकोमध्ये कोषले हालसम्म २ अर्ब ८९ करोड रुपैयाँ लगानी रहेको छ । त्यसमध्ये ३१ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी रहेको छ ।
यो नाफाका आधारमा कोषको प्रतिसेयर आम्दानी १९.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया