काठमाडौं । अब घरजग्गा व्यवसायीहरूले हदबन्दी छुटको जग्गामा घडेरी निर्माण गरेर त्यसभित्र अपार्टमेन्ट वा घर बनाएर बिक्री गर्न सक्ने भएका छन् ।
भूमि सम्बन्धी ऐन संशोधनका लागि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नयाँ विधेयकमा सहमति जनाएको हो । यो व्यवस्था भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमार्फत लागू गरिँदैछ । जुन आजै समितिबाट पारित गर्ने तयारी छ ।
यसअघि व्यवसायीहरूले घरजग्गा व्यापारका लागि अनुमति त लिए पनि हदभित्रको जग्गामा निर्माण गरी बिक्री गर्न नपाउने कानुनी जटिलता थियो। अब भने ऐन संशोधनपछि यस्तो अवरोध हट्ने भएको छ ।
विधेयक अनुसार व्यवसायी कम्पनीले घडेरी विकास गरेर त्यसमा घर वा अपार्टमेन्ट निर्माण गरी बिक्री गर्न पाउनेछन् ।




















प्रतिक्रिया