Logo

अर्थ

भूमि सम्बन्धी विधेयकमाथि समितिमा छलफल सुरु, आजै पारित गर्ने तयारी



काठमाडौं । भूमि सम्बन्धी विधेयकको छलफल सुरु भएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल सुरु भएको हो । आज यो विधेयक पारित गर्ने तयारी गरिएको छ ।

विधेयकमा भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, र वन ऐन २०७६ संशोधनको प्रस्ताव छ । गत बिहीबार साढे पाँच घण्टासम्म छलफलपछि दफावार छलफल सकिएको थियो ।

घरजग्गा व्यवसायीलाई हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्तावमा समिति सहमत भइसकेको छ । भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको हकमा भाषा मिलाउने भनिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १३:५४   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।