काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आवको तुलनामा गत आव बैंकको खुद नाफा ७.२५ प्रतिशत बढेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेको छ । उक्त नाफा बढेर २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ ।
त्यसैगरी बैंकले अघिल्लो वर्ष ६ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवमा बढेर ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी पनि ७ अर्ब ९२ करोड रुपैयाँबाट बढेर ८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ३ अर्ब ४७ करोड रुपैयाँबाट वृद्धि भएर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यससँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि १७.६५ रुपैयाँबाट बढेर १८.९३ रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ सञ्चिति रहेको बैंकको रिजर्भ कोषमा ६ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको छ ।
बैंकले २ अर्ब ७ करोड रुपैयाँ सापटी लिएर १ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब २३ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष १.७२ प्रतिशतमा रहेको खराब कर्जा (एनपीएल) बढेर ३.०१ प्रतिशत पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा ७५ प्रतिशत बढी हो ।




















प्रतिक्रिया