Logo

अर्थ

एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोडभन्दा बढी, लाभांश क्षमता ३८ प्रतिशत



काठमाडौं । एभरेष्ट बैंकको खुद नाफा ३२.७ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चाैथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा ५० प्रतिशत बढेको छ । गत आवमा बैंकको यस्तो नाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत देखिन्छ । अघिल्लो वर्ष बैंकले १५.५३ प्रतिशत लाभांश बाँडेको थियो ।

त्यस्तै, गत आवसम्म बैंकको खराब कर्जा ०.३८ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशत बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ गरेको छ । प्रतिशेयर आम्दानी गत वर्ष बढेर ३७.९९ रुपैयाँ हुँदा प्रतिशेयर नेटवर्थ २४७.३९ रुपैयाँ छ ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार ११:२१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।