Logo

अर्थ

चिलिमे हाइड्रोपावरको नाफा बढ्याे, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ६७ करोड ९५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको नाफा ६७ करोढ ८५ लाख रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले ८ रुपैयाँ १० पैसा रहेकोमा गत आर्थिक वर्षमा ७ रुपैयाँ ७४ पैसा छ ।

कम्पनीको चुक्ता पूँजी ८ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ९८ करोड रुपैयाँ थियो ।

प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार ११:३८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।