Logo

इन्स्योरेन्स

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो



काठमाडाैं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६३ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा ६८ करोड ८१ लाख रुपैयाँ थियो ।

कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी २ करोड ६८ लाख,कमिशन आम्दानी ५१ करोड ९२ लाख, लगानी तथा कर्जा आम्दानी ४७ करोड ५९ लाख र अन्य आम्दानी १ करोड ३७ लाख रहेको छ ।

कम्पनीको कुल आम्दानी ३ अर्ब ९ करोड र खुद दाबी भुक्तानी १ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ८ करोड कुल खर्च गरेको छ । कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २५.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७४.५६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५५२.२० रुपैयाँ तरलता अनुपात १.१० प्रतिशत र मूल्य आम्दानी अनुपात ३३.०७ गुणा कायम भएको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार १३:११   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।