काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले आम्दानीमा २३२ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ६६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४४ करोड रुपैयाँ थियो । यसरी घाटा ५४ प्रतिशतले घटेको हो ।
कम्पनीले समीक्षा अवधिमा १ अर्ब २ करोड रुपैयाँ बराबरको कुल आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको आम्दानी ३० करोड ८५ लाख रुपैयाँ मात्र थियो । यस अवधिमा अन्य आम्दानीबाट पनि २ करोड ८३ लाख रुपैयाँ आर्जन गरिएको छ ।
त्यस्तै कम्पनीको प्रशासनिक, बिक्री तथा वितरण खर्च २८ करोड ९० लाख रुपैयाँ, ह्रासकट्टी खर्च ६७ करोड ४३ लाख र वित्त खर्च ८९ करोड २० लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ३२.३२ प्रतिशतले घटेर १ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीले सेयर प्रिमियम शीर्षकमा २ अर्ब ६५ करोड रुपैयाँ राखेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४.४६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १८८.४७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४९६.८२ रुपैयाँ र तरलता अनुपात ०.७५ प्रतिशत कायम भएको छ ।




















प्रतिक्रिया